जंगलीले माधव नेपालको साथ छाडे

नेकपा एकीकृत समाजवादीका दुई प्रभावशाली नेताले पार्टी परित्याग गरेका छन् ।
उपाध्यक्ष केदारप्रसाद न्यौपाने र स्थायी कमिटी सदस्य चुडामणि जंगली आजदेखि औपचारिकरुपमा पार्टीबाट बाहिरिएका हुन् । आज बसेको समाजवादीको सचिवालय बैठकले उनीहरुले बुझाएको राजीनामा स्वीकृत गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
समाजवादी छाडेका न्यौपाने पुरानै घर एमालेमा फर्किन लागेको चर्चा छ ।
टिप्पणीहरू