मीटरब्याज पीडितको समस्या समाधान गर्न मधेशी आयोगको माग

मीटरब्याज पीडितको समस्या समाधान गर्न मधेशी आयोगको माग

मधेशी आयोगले मीटरब्याज पीडितहरुको समस्या समाधान गर्न सरकारसँग माग गरेको छ । महोत्तरीको बर्दीवासबाट १२ दिन पैदल यात्रा गरेर काठमाडौं आइपुगेका मीटरब्याज पीडितहरुको समस्या तत्काल समाधान गरिदिन आयोगले आग्रह गरेको हो । 

मीटरब्याज पीडितहरुको समस्या समाधानार्थ सरकारले ६ महिनाअघि सम्झौता गरेको थियो । तर, अहिलेसम्म पनि समस्या समाधानका निम्ति सरकारले चासो नदेखाएपछि मधेश प्रदेशका आठवटै जिल्लाबाट काखे बालक च्यापेर पीडितहरु काठमाडौं आउन बाध्य भएको आयोगले जनाएको छ ।

मीटरब्याजीले दिएको तनावका कारण उनीहरुले कष्टकर जीवन बिताइरहेको स्मरण गराउँदै आयोगले पीडितहरुको हकअधिकार संरक्षण गर्न भनेको छ । ‘उनीहरुको समस्या समाधानार्थ आयोगले राज्यलाई पत्राचार गरिसकेको छ । तर, समाधानका लागि ‘बहुवैकल्पिक पहल’ गरि पीडितहरुको अधिकारलाई राज्यले संरक्षण गरोस् र तिनीहरुको बोल्न पाउने लोकतान्त्रिक अधिकारलाई समेत सम्मान गरोस् भनि आयोग अपिल गर्दछ’, जारी विज्ञप्तिमा भनिएको छ । 

त्यस्तै, पीडितहरुसंग छलफल तथा समस्या समाधानका लागि आयोगका सदस्य जीवन साह, रेणुदेवी साहसहितको टोलीलाई स्थलगत अनुगमनमा खटाइएको छ ।

टिप्पणीहरू