पर्यटनमन्त्री र रवि लामिछाने अघिअघि, प्रधानमन्त्री पछिपछि

पर्यटनमन्त्री र रवि लामिछाने अघिअघि, प्रधानमन्त्री पछिपछि

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भरतपुर जाँदै हुनुहुन्छ । उहाँ भरतपुर विमानस्थलको टर्मिनल भवन विस्तारको शिलान्यास गर्न र कृषि तथा वन विज्ञान विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन बिहान १० बजे भरतपुर जाने बताइएको छ ।

त्यसअघि पर्यटनमन्त्री सुदन किराँती भरतपुर पुग्नुभएको छ । उहाँ साढे ८ बजे बुद्ध एअरको उडानमा आठ सदस्य टोली लिएर जानुभएको हो । त्यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने साढे ७ बजे नै बुद्ध एअरको उडानमा भरतपुर पुगेका हुन् ।

टिप्पणीहरू