राष्ट्रपतिको ठाउँ काँग्रेसले गोविन्दलाई दिने
सांसद रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि रिक्त भएको तनहुँ क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई अघि सार्ने भएको छ ।
आज बसेको काँग्रेस कार्यसम्पादन समितिको बैठकले केन्द्रीय सदस्य भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । काँग्रेसको प्रभाव क्षेत्र मानिने तनहुँ–१ मा चुनाव लड्न एक दर्जन नेता आकांक्षी थिए । तर, सभापति शेरबहादुर देउवा निकट उनले अरु आकांक्षीलाई पछि पार्दै आगामी उम्मेदवारीको सुनिश्चित गरेका हुन् ।
भट्टराई सत्ता गठबन्धनबाट साझा उम्मेदवार हुनेछन् । गठबन्धनविरुद्ध नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी मैदानमा उत्रिने तयारीमा छन् । यी दुबै पार्टीले उम्मेदवार उठाउने पक्का भए पनि अहिलेसम्म को भन्नेबारे निर्णय गरिसकेका छैनन ।
तनहुँ–१ सहित चितवन–२ र बारा–२ मा पनि आगामी वैशाख १० गते उपचुनाव हुँदैछ । काँग्रेसले चितवन–२ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बारा–२ मा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने छ ।
टिप्पणीहरू