नेपाल वायुसेवाको नयाँ दिल्ली–काठमाडौं उडान चार घण्टा ढिलो, दोहा उड्ने तालिका प्रभावित
नेपाल वायु सेवा निगमको विमानमा प्राविधिक समस्या देखिएपछि नयाँ दिल्लीबाट काठमाडौं उड्न ठिक्क परेको विमान रोकिएको छ । साँझ सवा ६ बजे उडेर साढे ७ बजे काठमाडौं आउनुपर्ने विमान राति १० बजे उड्ने बताइएको छ ।
आरए २१८ उडान नम्बरको बोइङ ३३० विमानमा नयाँ दिल्ली पुगेपछि प्राविधिक समस्या देखिएको हो ।
सोही विमान आज राति ११ बजे कतारको राजधानी दोहातर्फ उड्ने तालिकामा थियो ।
टिप्पणीहरू