कर्णालीमा विश्वासको मत लिने तयारी

कर्णालीमा विश्वासको मत लिने तयारी

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने भएका छन् । उनले आज प्रदेश सभामा विश्वासको मत सम्बन्धी प्रस्ताव प्रस्तुत गर्न लागेको बताइएको छ । 

यसअघि समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले पुनः विश्वासको मत लिनुपर्ने अवस्था उत्पन्न भएको हो । यसअघि शर्मा नेतृत्वको सरकारलाई एमाले, राप्रपा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका थिए ।

तर एमालेले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको छैन ।
 

टिप्पणीहरू