प्रतिनिधि सभा बैठक १ बजे, सभामुखको अधिकार कटौती नहुने

प्रतिनिधि सभा बैठक १ बजे, सभामुखको अधिकार कटौती नहुने

प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बोलाइएको छ । आजको बैठकमा चारवटा सम्भावित कार्यसूची रहेको संसदका महासचिव भरतराज गौतमले जानकारी दिएका छन् । 

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन पेश गर्नुहुनेछ । त्यसैगरी प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले मस्यौदा प्रतिवेदनमाथि दफावार छलफलको लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ । प्रस्तावमाथि दफावार छलफल गरेपछि बैठकमा निर्णयार्थ प्रस्तुत गरिने जनाइएको छ ।

तर हिजो संसद सचिवालयमा भएको छलफलमा सभामुखको अधिकार कटौती नगर्ने सहमति भएको छ । सभामुख देवराज घिमिरे र संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, केही प्रतिनिधि तथा संसद सचिवालयका अधिकारीहरुबीच भएको वार्तामा सभामुखको अधिकार कटौती गर्न दर्ता गरिएको संशोधन फिर्ता लिने र कार्यव्यवस्था समिति बैठक नियमित रुपमा बोलाउने सहमति भएको बताइएको छ ।


 

टिप्पणीहरू