पाइलटलाई पखाला लागेपछि नेपाल एयरलाइन्सका अढाई सय यात्रुलाई ज्ञानेश्वरमा सुताइयो

पाइलटलाई पखाला लागेपछि नेपाल एयरलाइन्सका अढाई सय यात्रुलाई ज्ञानेश्वरमा सुताइयो

काठमाडौंबाट दुबई उड्न ठिक्क परेको विमानका पाइलट बिरामी भएपछि नेपाल वायु सेवा निगमका यात्रुलाई ६ घण्टा काठमाडौंको एउटा होटलमा राखिएको छ । हिजो राति साढे ११ बजे उड्नुपर्ने विमान आज बिहान सवा ११ बजे उडेको बताइएको छ ।

विमानका को–पाइलट विमानस्थल पुगेपछि एकाएक बिरामी भएको निगमको भनाइ छ । त्यसैले निगमको आरए २२९ नम्बर उडान अन्तिम क्षणमा रोकिएको थियो । को–पाइलट गोपालसिंह विष्टलाई पखाला लागेको बताइन्छ । 

राति उडान रद्द भएपछि बोर्डिङ पास लिइसकेका २६६ जना यात्रुलाई ज्ञानेश्वरको होटल काभेरीलगायत होटलमा लगेर सुताइएको थियो । उता दुबईका यात्रुलाई पनि त्यहाँको होटलमा राखेपछि ११ बजे काठमाडौंबाट उडेको विमानमा आज बेलुकी फर्काईंदैछ ।

उक्त उडानमा ३६ जना नेपाली र २३० जना विदेशी यात्रु थिए ।

टिप्पणीहरू