आगामी बुधबार केबलकार चढेर मनकामना मन्दिर जान नमिल्ने
मनकामना केबलकार एक दिनका लागि बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले नियमित मर्मत सम्भारको निम्ति आगामी बुधबार एक दिन सेवा बन्द गर्न लागेको जनाएको छ ।
बुधबार एक दिन सेवा बन्द गरेर केबलकारको पूर्ण मर्मत गरिने कम्पनीले जनाएको छ । अघिल्लो दिन मंगलबारसम्म र भोलिपल्ट चैत २३ गते बिहीबार भने सेवा पुनः सुचारु हुनेछ ।
अचानक सेवा अवरुद्ध नआओस् भन्ने उद्देश्यले कम्पनीले समय समयमा पूर्व जानकारी गराउँदै केबलकार मर्मत गर्दै आएको छ । प्रसिद्ध तीर्थस्थल मनकामना मन्दिर पैदल जाने बाटोमा ठाडो उकालो र सडक यातायात सहज एवम् छोट नरहेकाले केबलकार तीर्थयात्रीको रोजाईमा पर्ने गरेको छ ।
मनकामना केबलकार नेपालको पहिलो केबलकार पनि हो ।
टिप्पणीहरू