सिंहदरबारभित्र क्याबिनेट बैठक, बाहिर मीटरब्याज विरुद्ध ‘मार्च’

सिंहदरबारभित्र क्याबिनेट बैठक, बाहिर मीटरब्याज विरुद्ध ‘मार्च’

आज दिउँसो मन्त्रिपरिषद् बैठक बोलाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे बैठक डाकिएको बताइएको छ ।

मन्त्रिपरिषद विस्तारपछि आज बस्न लागेको बैठक पहिलो हो । आजै मीटरब्याज पीडितहरुले सिंहदरबार मार्चको घोषणा गरेका छन् । 

मीटरब्याज तथा ठगीविरुद्ध किसान–मजजुर संघर्ष समितिले दिउँसो १ बजे माइतीघर मण्डलाबाट मार्च शुरु हुने बताएको छ । मार्चमा सहभागी हुन अन्य सर्वसाधारणलाई समेत आग्रह गरिएको समितिको भनाइ छ ।

टिप्पणीहरू