एकनाथ बैंकक हिँडे, हर्क राई र समिम मियाँ काठमाडौं छिरे

एकनाथ बैंकक हिँडे, हर्क राई र समिम मियाँ काठमाडौं छिरे

नेपाल परिवार दलका अध्यक्ष तथा नेकपा एमाले सांसद एकनाथ ढकाल थाइल्याण्ड गएका छन् । उनी आज दिउँसो थाइ स्माइल एअरलाइन्सको उडानमा काठमाडौंबाट बैंकका गएका हुन् । ढकाल उक्त एअरलाइन्सको उडान नम्बर डब्लु ई ३२० मा दिउँसो साढे १ बजे त्यता गएको बताइएको छ ।

आजै धरानका मेयर हर्क साम्पाङ राई राजधानी काठमाडौं आएका छन् । उनी बुद्ध एअरको उडानमा विराटनगरबाट दिउँसो सवा १२ बजे राजधानी आइपुगेका हुन् । राईले आफू काठमाडौं हिँडेको भन्दै सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् ।

उता, मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी सिमराबाट काठमाडौं आएका छन् । उनी बुद्ध एअरको उडानमा दिउँसो २ बजे आइपुगेका हुन् । अन्सारी हिजो अपरान्ह काठमाडौंबाट त्यसतर्फ गएका थिए ।

टिप्पणीहरू