उम्मेदवार अरुको, समर्थन एकीकृत समाजवादीको

उम्मेदवार अरुको, समर्थन एकीकृत समाजवादीको

नेकपा एकीकृत समाजवादीले आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवारहरुलाई मतदान गर्ने निर्णय गरेको छ । पार्टीको केन्द्रीय सचिवालयले बैठकले एकीकृत समाजवादीले उम्मेदवार नउठाउने तर गठबन्धनका उम्मेदवारलाई समर्थन र मतदान गर्ने निर्णय गरेको बताइएको छ । 

अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले बाराको निर्वाचन क्षेत्र नम्बर २,  चितवन निर्वाचन क्षेत्र नम्बर २ र तनहुँको निर्वाचन क्षेत्र नम्बर १ को उपनिर्वाचनमा गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रुपमा अघि सारिएका उम्मेदवारहरूलाई समर्थन जनाएको हो । साथै उपनिर्वाचनमा ती उम्मेदवारालाई मतदान गर्न आफ्नो पार्टी पङ्क्तिलाई निर्देशन समेत दिइएको छ ।

तीन वटा निर्वाचन क्षेत्रमध्ये चितवन र तनहुँमा काँग्रेसका क्रमशः जितनारायण श्रेष्ठ र गोविन्द भट्टराई तथा बारामा जसपा अध्यक्ष उपेन्द्र यादव गठबन्धनका साझा उम्मेदवार हुन् ।

टिप्पणीहरू