त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी चालकको हड्ताल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी चालकको हड्ताल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्ष बाहिरको पार्किङमा ट्याक्सी चालकहरुले हड्ताल गरेका छन् । उनीहरुले बिहान साढे ७ बजे पार्किङबाट बाहिर निस्कने गेट नजिकै आधा घण्टा हड्ताल गरेका हुन् । 

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एयरपोर्ट मिटर ट्याक्सी इकाई कमिटिको अगुवाईमा पार्किङ शुल्क वृद्धिविरुद्ध हड्ताल गरिएको बताइएको छ  । उनीहरुले हिजो आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको बताइएको छ । 

आन्दोलनलाई नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय नेतृत्व, प्रदेश नेतृत्व र इकाईको संयोजकत्व र नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बागमती प्रदेश कमिटी सचिव शिवकुमार श्रेष्ठको नेतृत्वमा थप विरोध प्रदर्शन गर्ने जानकारी दिएका छन् ।

बिहानको हड्तालमा कुनै अप्रिय घटना नभएको बताइएको छ ।

टिप्पणीहरू