रवि लामिछानेविरुद्धको मुद्दा अनिल सिन्हा श्रीमानको इजलासमा

रवि लामिछानेविरुद्धको मुद्दा अनिल सिन्हा श्रीमानको इजलासमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सर्वोच्च अदालतमा दर्ता भएको रिटमा आज सुनुवाइ हुन लागेको छ । उनीविरुद्धको मुद्दा न्यायाधीश अनिलकुमार सिन्हाको इजलास नम्बर ४ को पेसीसूची ‘झ’ मा परेको छ ।

लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा अघि नबढाउने भन्दै महान्यायाधिवक्ता डा. दीनमणि पोखरेलले गरेको यसअघिको निर्णय बदर गर्नुपर्ने माग गर्दै परेको रिटमाथि प्रारम्भिक सुनुवाई हुन लागेको हो ।

मुद्दा अधिवक्ता युवराज पौडेल ‘सफल’ ले दायर गरेका हुन् । उनले आफ्नो रिट निवेदनमा राहदानी दुरुपयोगमा सजाय हुनुपर्नेमा चैत ६ गतेको निर्णयपछि उन्मुक्ति दिइएको उल्लेख गरेका छन् । महान्यायाधिवक्ताको उक्त निर्णय बदर गर्न सफलले माग गरेका छन् ।

अदालतले गत माघमा दिएको आदेशमा लामिछानेले प्रक्रियागतरूपमा नेपाली नागरिकता नलिएको उल्लेख छ । उक्त फैसलापछि लामिछानेको सांसद, मन्त्री, सभापति र संसदीय दलको नेताको पद गुमेको थियो ।

टिप्पणीहरू