जनमत पार्टीका केन्द्रीय सदस्य ‘मीटर ब्याजी’ आरोपमा पक्राउ, चर्को ऋण दिने र लिने दुबैकाे यसअघि नै निधन

जनमत पार्टीका केन्द्रीय सदस्य ‘मीटर ब्याजी’ आरोपमा पक्राउ, चर्को ऋण दिने र लिने दुबैकाे यसअघि नै निधन

मिटरब्याजीको आरोपमा जनमत पार्टीका एक जना केन्द्रीय सदस्य पक्राउ परेका छन् । सप्तरीको विष्णुपुर गाउँपालिका ७ निवासी जनमतका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद शर्मालाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।

ऋण दिएको समयमा धितो राखेको जग्गा फिर्ता नगरेपछि प्रहरीले उनलाई निवासबाट हिजो पक्राउ गरेको हो । उनका बुबाले सप्तरीको बोदेबर्साइन नगरपालिका १० का शंकर यादवलाई बुबा सत्यनारायण शर्माले २०६६ सालमा २५ लाख रुपैयाँ ऋण दिएका थिए । शंकरसँग धितो वापत ८ विघा ७ कठ्ठा ७ धुर जग्गा पास गरेर लिइएको थियो । 

स्वर्गीय यादवका छोरा निर्मलकुमारले स्वर्गीय सत्यनारायण र उनका छोराले ऋण तिरे पनि उक्त जग्गा फिर्ता नगरेको भन्दै मिटरब्याजीको उजुरी हालेका हुन् । 

प्रहरीले शर्मालाई आपराधिक विश्वासघात र ठगी मुद्दामा पक्राउ गरेर मुद्दा चलाउने तयारी गरेको छ । सप्तरी प्रहरीका सूचना अधिकारी एवमे प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहका अनुसार सत्यनारायणले उक्त धितो राखिएको जग्गा छोरा सुरेन्द्र र  परिवारका अन्य सदस्यहरुको नाममा नामसारी गरिदिएका हुन् ।
 

टिप्पणीहरू