राष्ट्रियसभा अध्यक्षले भन्नुभयो, ‘माननीयजी मोबाइल स्वीच अफ गर्नुस्’
सांसदहरु सदनमा उपस्थित नहुने र बैठकमा सहभागी भइहाले पनि मोबाइल चलाउने वा निदाउने जस्ता घटनाले जनप्रतिनिधिप्रति विभिन्न टिकाटिप्पणी हुने गरेको छ ।
राष्ट्रियसभाको आज बसेको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सदस्यलाई मोबाइल नचलाउन आग्रह नै गर्नुपरेको छ ।
बैठकमा नेकपा एकीकृत समाजवादीकी सांसद मदन कुमारी शाह गरिमाले तिलगंगालाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउने गरी बजेट व्यवस्था गर्नुपर्ने धारणा राखिरहँदा अर्का एक सांसदले मोबाइल चलाएको अध्यक्ष तिमिल्सिनाले थाहा पाउनुभयो । त्यसपछि उहाँले त्यसो नगर्न आग्रह गर्नुपर्यो ।
अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘माननीयजी मोबाइल स्वीच अफ गर्नुस् ।’
टिप्पणीहरू