पोखरामा चुनाव सकिएको एक वर्षपछि पुनः मतगणनाको आदेश
उच्च अदालत पोखराले पोखरा महानगरपालिकाको १८ नम्बर वडाको पुनः मतगणना गर्न आदेश दिएको छ । गत वर्ष बैशाख ३० गते सम्पन्न मतदान र जेठमा सम्पन्न मतगणना बदर गरी पुनः मतणना गर्न आदेश दिइएको छ ।
उक्त वडाको वडाध्यक्ष पदको मतगणना पुनः गर्न उच्च अदालतका कायम मुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषिराज भण्डारीको संयुक्त इजलासले आदेश दिएको हो । एमाले उम्मेदवार बनेका पुष्कल थापा पुनः मतगणनाको माग गर्दै अदालत पुगेका थिए ।
थापा नेपाली काँग्रेसका शिवप्रसाद तिमिल्सिनासँग ३ मतको अन्तरमा पराजित भएका थिए । आदेशमा आगामी वैशाख २० गते पुनः मतगणना गर्न भनिएको छ ।
टिप्पणीहरू