घरमा बन्दुक पड्किँदा बालिकाको निधन, तीनजना घाइते
सल्यानको कालीमाटी गाउँपालिकास्थित स्थानीय बेलबहादुर आलेको घरमा भरुवा बन्दुक पड्किँदा एक बालिकाको मृत्यु भएको छ । बन्दुकको छर्रा लागेर अरु तीन जना घाइते भएका छन् ।
आलेको घरको आँगनमा खेल्दै गरेको क्रममा बन्दुक पड्किँदा छर्राले लागेर कालिमाटी गाउँपालिका ७ स्वायनबासकी ९ वर्षीया पूजा घर्तीको मृत्यु भएको हो । ३ वर्षीया देवी घर्ती, ५ वर्षीया यमुना आले र ८ वर्षीय तेजेन्द्र आले घाइते भएका छन् ।
घाइते यमुना आलेलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । अन्य दुई जनाको नेपालगञ्जमा उपचार गरिएको छ ।
टिप्पणीहरू