माओवादीले पदाधिकारी बैठक बोलायो

माओवादीले पदाधिकारी बैठक बोलायो

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक डाकिएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा दिउँसो ४ बजे बोलाइएको छ ।

आजको बैठकमा सरकार पुनर्गठनपछिको राजनीतिक अवस्थाबारे समीक्षा गरिने छ । त्यसैगरी आगामी बैशाख १० गते हुने उपनिर्वाचनबारे पदाधिकारीहरुले छलफल गर्ने बताइन्छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले प्रस्तुत गर्ने आगामी बजेटमा समेटिने विषय र कार्यक्रमबारे पनि छलफल गर्ने तयारी रहेको बुझिएको छ ।

टिप्पणीहरू