सर्वोच्चले माग्यो रवि लामिछानेविरुद्ध मुद्दा नचलाउनुको कारण

सर्वोच्चले माग्यो रवि लामिछानेविरुद्ध मुद्दा नचलाउनुको कारण

सर्वोच्च अदालतले पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानीसम्बन्धी विवादमा मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । 

आज न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले महान्यायाधिवक्ता कार्यालयसहित विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो । लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने निर्णय गर्नुको कारण लिखित रुपमा पेश गर्न आदेशमा भनिएको छ । 

महान्यायाधिवक्ता दिनमणि पोखरेलले चैत ६ गते लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने निर्णय गरेका थिए । त्यसको विरोधमा सिन्धुलीका युवराज पौडेल ‘सफल’ ले सर्वोच्चमा रिट हालेका थिए । 

रिटमा राहदानी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा चलाउन अन्तरिम आदेश दिन माग गरिएको थियो ।

टिप्पणीहरू