माओवादी पदाधिकारी बैठक बस्यो
सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु भएको छ । पेरिसडाँडास्थित पार्टी मुख्यालयमा केही बेरअघि शुरु भएको बैठक अहिले जारी छ ।
बैठकमा सरकार पुनर्गठनपछिको राजनीतिक अवस्था, आगामी बैशाख १० गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
त्यस्तै, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले प्रस्तुत गर्ने आगामी बजेटमा समेटिने विषय र कार्यक्रमबारे पनि छलफल हुने बुझिएको छ ।
टिप्पणीहरू