प्रतिनिधि सभाको बैठक बोलाइयो, यस्तो छ कार्यसूची

प्रतिनिधि सभाको बैठक बोलाइयो, यस्तो छ कार्यसूची

भोलि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिँउसो १ बजेदेखि बैठक बस्न लागेको जानकारी दिइएको छ ।

संघीय संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूची पनि सार्वजनिक गरेको छ । कार्यसूचीको पहिलो नम्बरमा ‘सार्वजनिक सेवा प्रशारण विधेयक, २०७८’ र ‘सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७८’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ । 

त्यस्तै, सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा रहेका सदस्यहरुको नाम मनोनयन गर्नुहुने तय भएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले (लोकसेवा आयोगको ६३ औं वार्षिक प्रतिवेदन (२०७८ साउन–२०७९ असार) पेश गर्नुहुने कार्यसूची पनि छ ।

टिप्पणीहरू