माओवादी कोशीबाट फर्कियो, पहिचानमा अडिने

माओवादी कोशीबाट फर्कियो, पहिचानमा अडिने

नेकपा माओवादी केन्द्रले कोशी प्रदेश नामाकरणको सम्बन्धमा पहिचानकै पक्षमा उभिने निर्णय गरेको छ । 

आज पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले कोशी प्रदेश नामकरणको सन्दर्भमा कमजोरी भएको स्वीकार गर्दै पहिचानको अडान नछोड्ने निर्णय गरेको हो । निर्णयबारे जानकारी दिनुहुँदै उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले नामकरणको बेलामा पहिचानको पक्षमा अडान राख्न नसक्नु पार्टीको कमजोरी भएको बैठकको निष्कर्ष रहेको बताउनुभयो । 

पार्टी पहिचानकै पक्षमा रहेको भन्दै उहाँले प्रदेश कमिटीले कोशी प्रदेश नामकरणको सम्बन्धमा फरक मत राख्ने निर्णय भएको जानकारी दिनुभयो । माओवादीले पहिचानका आधारमा प्रदेशको नाम राखिनुपर्ने माग गर्दै भएको आन्दोलनका क्रममा निधन भएकालाई शहीद घोषणा गर्न र राहत उपलब्ध गराउन पनि सरकारसँग माग गरेको छ ।

टिप्पणीहरू