अमेरिकी राजदूतलाई भ्याइनभ्याई,एकै दिन तीन जना मन्त्रीसँग भेट

अमेरिकी राजदूतलाई भ्याइनभ्याई,एकै दिन तीन जना मन्त्रीसँग भेट

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले आज सिंहदरबार पुगेर तीन जना मन्त्रीसँग छुट्टाछुट्टै भेट गर्नुभएको छ । उहाँले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का,अर्का उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको हो । 

सबै जनासँगको भेटमा राजदूतले कार्यकाल सफलताको निम्ति बधाई र शुभकामना दिएको बताइन्छ । त्यसैगरी दुई मुलुकबीच कायम रहेको सौहार्द्रपूर्ण सम्बन्ध, नेपालको दीर्घकालीन समृद्धि र अन्य द्विपक्षीय विषयमा कुराकानी भएको राजदूत डिनले सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ ।

उहाँले उपप्रधानमन्त्री श्रेष्ठसँग बिहान सवा १० बजे,त्यसपछि अर्का उपप्रधानमन्त्री खड्का र अर्थमन्त्री महतसँग अपरान्ह ४ बजे मन्त्रालय पुगेर भेट्नुभएको हो ।

टिप्पणीहरू