सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम सार्वजनिकको तयारी
सत्ता गठबन्धनले आज सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । कार्यक्रम आज साँझ ५ बजे सार्वजनिक गर्न लागिएको बताइएको छ ।
गत साता क्याबिनेट विस्तारपछि गठबन्धनले तयार पारेको साझा कार्यक्रम आज सार्वजनिक गर्न लागिएको हो । सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्न गठबन्धनका नेताहरु रहेको कार्यदल गठन गरिएको थियो ।
कार्यदलले मुलुकको खस्कँदो आर्थिक अवस्थामा सुधार, संक्रमणकालीन न्यायलाई पूर्णता दिनुपर्ने विषयलाई विशेष महत्व दिएको थियो । सरकारले कृषि, पर्यटन, ऊर्जा र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्नुपर्ने सुझाव पनि दिइएको बताइन्छ ।
कार्यदलमा नेपाली काँग्रेसबाट रमेश लेखक, माओवादी केन्द्रबाट शक्तिबहादुर बस्नेत, जसपाको तर्फबाट राजेन्द्र श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका विजय पौडेललगायत थिए ।
टिप्पणीहरू