काठमाडौंका सिडिओ र गृह प्रवक्ता रत्नपार्क पुगे

काठमाडौंका सिडिओ र गृह प्रवक्ता रत्नपार्क पुगे

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख र गृह मन्त्रालयका प्रवक्ता भर्खर रत्नपार्क पुगेका छन् । सिडिओ घनश्याम उपाध्याय र प्रवक्ता जितेन्द्र बस्नेत आन्दोलनरत मीटरब्याज पीडितहरुसँग भेटघाट गर्न मध्यान्ह त्यहाँ पुगेको बताइएको छ ।

विभिन्न जिल्लाबाट राजधानीमा आएर शान्तिबाटिकामा आन्दोलन गरिरहेका झण्डै पाँच सय जनाको माग सुन्न उनीहरु त्यहाँ पुगेका हुन् । टोलीमा काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्की पनि छन्  ।

मीटरब्याजीहरुको माग र गुनासो सुनेपछि सिडिओ नेतृत्वको टोली १ बजे त्यहाँबाट निस्केको छ । किसान मजदुर संघर्ष समितिको नाममा मीटर ब्याज ठगीविरुद्ध आन्दोलन अर्थात मार्चपास भइरहेको छ । समिति अध्यक्ष अब्दुल कुसुवाको नेतृत्वमा भएको आन्दोलनमा सामाजिक अभियन्ता मनोज खतिवडा,नवीन जैसीलगायत छन् ।

यो पनि...

1.काँग्रेस, एमाले निकट चार विद्यार्थी संगठनको एउटै स्वर

2.थाइल्याण्डबाट नेपालले के सिक्ने ?

3.एकैदिन दुई हजार चिनियाँको ओइरो, केरुङमा एक लाख भेला

4.सत्ता गठबन्धनको न्यूनतम साझा कार्यक्रम सार्वजनिकको तयारी

टिप्पणीहरू