दलित मुक्ति संगठन कैलालीको नेतृत्वमा चुनिए हर्क पार्की

दलित मुक्ति संगठन कैलालीको नेतृत्वमा चुनिए हर्क पार्की

नेकपा एकीकृत समाजवादी पार्टीको जनवर्गीय संगठन नेपाल दलित मुक्ति संगठन नेपाल कैलालीको जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले हर्कबहादुर पार्कीको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । 

कमिटीको वरिष्ठ उपाध्यक्षमा लक्ष्मण विक, उपाध्यक्ष आशा विक, गोपाल सिंह ओड, सचिवमा देव नेपाली, उपसचिवमा मदन नेपाली, सदस्यमा धनञ्जय भुल, लक्ष्मण वि.क, रविन्द्र विक, कल्पना विक, प्रेम लुहारलगायत चयन भएको बताइएको छ । 

जनसंगठन कैलाली इञ्चार्ज दिलबहादुर विकको अध्यक्षता तथा पार्टी पोलिटब्युरो सदस्य परमानन्द भट्ट, पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घ सोडारीको उपस्थितिमा नयाँ कमिटी चयन गरिएको हो ।
 

टिप्पणीहरू