चितवन २ मा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
आगामी बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा चितवनको निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिएको छ । निर्वाचन निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २६ बमोजिम उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको जनाएको छ ।
सार्वजनिक गरिएको सूचीमा उम्मेदवारी दिएकामध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नाम कायम गरिएको छ । त्यस्तै, नागरिक उन्मुक्ति पार्टीका राजेश अधिकारी, नेकपा एकीकृत समाजवादीका रामप्रसाद न्यौपाने, नेपाल मजदुर किसान पार्टीका ज्ञानेन्द्र प्रजा, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका छत्रकुमार पाख्रिन, राष्ट्रिय जनमोर्चाका जनकराज शर्माको पनि उम्मेदवारी कायम रहेको छ ।
यसैगरी, नेपाली काँग्रेसका जीतनारायण श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका जीवलाल पुरी, मंगोल नेसनलका टेकबहादुर तामाङ, जय जन्मभूमि पार्टीका प्रेमबहादुर खड्का, राष्ट्रिय जनमुक्ति पार्टीका महानन्द जैशी, राष्ट्रिय नागरिक पार्टीका योगलाल श्रेष्ठको पनि उम्मेदवारी कायम भएको जनाइएको छ ।
कार्यालयले स्वतन्त्र उम्मेदवार अम्बिका भट्ट, लक्ष्मीमाया कोइराला, विक्रम श्रेष्ठ, सन्तोष थापा, सुमन श्रेष्ठ, सुवास परियार, मोजराज वगाले, भास्कर चन्द्र न्यौपाने, ताराप्रसाद पौडेल र रामकृष्ण ओझाको उम्मेदवारी कायम रहेको औपचारिक जानकारी दिएको हो ।
तोकिएको समयभित्र दुईजनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । स्वतन्त्र उम्मेदवारहरु चक्रपाणि न्यौपाने र सुदर्शन कँडेलले नाम फिर्ता गरेका हुन् । अब २२ जनाको उम्मेदवारी यथावत् छ । आजै उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गर्न लागिएको छ ।



टिप्पणीहरू