भारत नपुर्याउँदै ११८ केजी चरेस र ४ केजी गाँजा बरामद

भारत नपुर्याउँदै ११८ केजी चरेस र ४ केजी गाँजा बरामद

पर्सामा प्रहरीले एक सय १८ केजी चरेस र ४ केजी गाँजा बरामद गरेको छ । पटेर्वा सुगौली गाँउपालिकाबाट उक्त परिमाणको लागुपदार्थसहित तीन जनालाई नियन्त्रणमा लिइएको बताइएको छ ।

स्थानीय देउरीया निवासी प्रदेश राउतको घरमा लुकाइराखेको अवस्थामा लागुपदार्थ बरामद भएको हो । प्रहरीले मकवानपुरको रक्सीराङ गाँउपालिका ८ का रमेश मोक्तान, मनहरी गाँउपालिका ६ का रोशन मोक्तान र घरधनी राउतलाई पक्रेर आवश्यक अनुसन्धान थालेको जानकारी दिएको छ । 

ती लागुपदार्थ भारततर्फ लैजान मकवानपुर र चितवनबाट ल्याएर राखिएको आशंका गरिएको छ । लागुपदार्थसँगै उनीहरुको साथबाट लागुऔषध बनाउन प्रयोग गरिने विभिन्न उपकरणसमेत बरामद भएको बताइएको छ  ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मकवानपुर र चितवनमा उत्पादन भएका लागुपदार्थ पर्सा हुँदै भारततर्फ तस्करी गराउन तस्करहरुले विभिन्न उपाय अपनाउने गरेको जानकारी पनि दिएको छ ।

टिप्पणीहरू