नवीकरण नगर्ने क्याम्पसको सम्बन्धन खारेज गरिदिने त्रिविको चेतावनी

नवीकरण नगर्ने क्याम्पसको सम्बन्धन खारेज गरिदिने त्रिविको चेतावनी

त्रिभुवन विश्वविद्यालयले नवीकरण नगर्ने क्याम्पसहरुको सम्बन्धन खारेज गरिदिने चेतावनी दिइएको छ । 

आज सूचना प्रकाशित गर्दै त्रिविले कतिपय क्याम्पसले हालसम्म पनि नवीकरण गरेको नपाइएकोले सम्बन्धन खारेज गर्ने चेतावनी दिएको हो । त्रिविले त्यस्ता कलेजहरुलाई नवीकरण नगर्नुको कारण खुलाउन पनि भनेको छ ।

आगामी बैशाख मसान्तभित्र नवीकरण नहुनुको कारण खुलाएर सम्बन्धित डीन कार्यालयहरुमा निवेदन पेश गर्न सूचनामा उल्लेख छ ।  सूचनामा भनिएको छ, ‘कतिपय क्याम्पसहरुले हालसम्म पनि नवीकरण नगरेको पाइएकोले उक्त कलेजहरुलाई त्रिवि निमयानुसार किन खारेजी नगर्ने ? सो सम्बन्धमा कुनै मनासिव कारण भए २०८० बैशाख मसान्तसम्म सम्बन्धित डीन कार्यालयहरुमा निवेदन दिनहुन सूचित गरिन्छ ।’

त्यस्तै, नवीकरण भएका क्याम्पसहरुले त्रिविको विनियोजन शाखाबाट नवीकरण पत्र लिन सक्ने जानकारी दिदैँ त्रिविले नवीकरण भएको पत्र लिन दुई हजार रुपैयाँ बुझाउनुपर्ने जनाएको छ ।

टिप्पणीहरू