माधव नेपालको घर नजिकै शिक्षकहरुको महाधिवेशन

माधव नेपालको घर नजिकै शिक्षकहरुको महाधिवेशन

नेकपा एकीकृत समाजवादी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम राष्ट्रिय महाधिवेशन शुरु भएको छ । दुई दिनसम्म चल्ने महाधिवेशनको आज बिहान कोटेश्वरस्थित महादेवस्थान ब्याङ्क्वेटमा उद्घाटन गरिएको छ । 

‘समाजवादी शिक्षा समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा पेशागत सुरक्षा र सुदृढ संगठन हाम्रो सरोकार’ भन्ने मूल नाराका साथ शुरु भएको महाधिवेशनको समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो ।

महाधिवेशनमा पूर्वमन्त्री तथा समाजवादी नेता विरोध खतिवडा, उपमहासचिव तथा शिक्षक संगठनका इञ्चार्ज विजय पौडेल, पोलिटब्यूरो सदस्य पवनकुमार खड्का, देवी ओझा, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष भीम बस्नेत, शिक्षक आन्दोलनका पिता बद्रीप्रसाद खतिवडालगायत उपस्थित छन् । 

समाजवादी शिक्षक संगठनलाई शुभकामना दिन पेशागत महासंघका पूर्वउपाध्यक्ष रामप्रसाद रिमाल, सिएनपीका उपाध्यक्ष कमला तुलाधर, माओवादी केन्द्र निकट एकीकृत शिक्षक संगठनका पूर्वअध्यक्ष शंकर अधिकारी पनि महाधिवेशनस्थल पुगेका छन् ।

टिप्पणीहरू