बहुविवाह मुद्दाका दुई फरार प्रतिवादी समातिए
बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादी समातिएका छन् । झापाको शिवसताक्षी नगरपालिका-१० का ३७ वर्षीय मोहन शम्शेर योङहाङ र २७ वर्षीय पुजन सेलिङ अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो ।
गत असार २० गते जिल्ला अदालत झापाले बहुविवाह मुद्दामा दोषी ठहर गर्दै मोहनलाई १५ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो । त्यस्तै, पुजनलाई १३ महिला कैद र १५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला अदालतले सुनाएको थियो । तर, अदालतको फैसलालगत्तै फरार भएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले अस्ति नियन्त्रणमा लिएको हो ।
हाल उनीहरुलाई फैसला कार्यान्वयनको निम्ति अदालतको आदेशानुसार कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।
टिप्पणीहरू