ठाउँ-ठाउँमा जुवाको खाल, १३ जुवाडे प्रहरीको फन्दामा
प्रहरीले नवलपरासी (पूर्व) र तनहुँबाट १३ जना जुवाडेलाई खालबाटै समातेको छ ।
नवलपरासी (पूर्व)को गैंडाकोट नगरपालिका-४ स्थित अमृता खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा स्थानीय २४ वर्षीय बिष्णु सापकोटासहित पाँचजना पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५३ हजार ३ सय रूपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
यता, तनहुँकाे ब्यास नगरपालिका-४ सिमलटार बस्ने ४१ वर्षीय हमान सिंह थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा थापासहित आठजना प्रहरीको फन्दामा परेका छन् ।
विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८८ हजार ५ सय २६ रूपैयाँ र ४ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएकाे छ ।
टिप्पणीहरू