ढाका रास्वपाबाट निकालिए, उनको ठाउँमा कंसाकार सांसद बन्ने
रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घुस काण्डमा मुछिएका सांसद ढाकाकुमार श्रेष्ठको साधारण सदस्यता खारेज गरेको छ । पार्टीको सदस्यता खारेज भएसँगै श्रेष्ठले सांसद पदसमेत गुमाएका छन् ।
आज बसेको रास्वपा केन्द्रीय समिति बैठकले यस्तो निर्णय लिएको हो । बैठकले श्रेष्ठको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने निर्णय पनि गरेको छ । सभापति रवि लामिछानेले समानुपातिक सांसद श्रेष्ठको ठाउँमा मकवानपुरकी कंसाकारलाई लैजाने निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी दिए ।
मन्त्री बन्न रवि लामिछानेको 'कोर टीम'लाई नगद बुझाउनु पर्ने भन्दै श्रेष्ठले मेडिकल बिचौलिया दुर्गा प्रसाईं 'मार्सीसँग दुई करोड मागेको टेलिफोन संवादको अडियो अस्ति सार्वजनिक भएको थियो । त्यसपछि रास्वपाले उनलाई निलम्बन गरी छानविन अघि बढाएको थियो ।
टिप्पणीहरू