माधव नेपालको बोलीलाई लिएर योगेश भट्टराई र सुदेश पराजुलीको बाझाबाझ
नेकपा एमालेका नेता योगेश भट्टराई र एकीकृत समाजवादीनिकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीबीच माधव नेपालको यौटा अभिव्यक्तिलाई लिएर 'बाझाबाझ' भएको छ ।
समाजवादीका अध्यक्ष नेपालले आज पत्रकारमाझ एमाले नेतृत्व मौका मिले फेरि पनि संसद विघटन गरेर मध्यावधिमा जाने दाउमा रहेको बताउनुभएको थियो । उहाँको सो अभिव्यक्तिलाई योगेशले 'बेहोसीको बोली' भन्दै कडा आपत्ति जनाएपछि सुदेशले पनि जवाफ फर्काए ।
नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै योगेशले एमालेबाट संसद विघटन हुँदैछ भन्ने अध्यक्ष नेपालको अभिव्यक्तिको खण्डन गर्दै के खाएर बोलेको भनी प्रश्न गरेका थिए । नेपालको बोली शंकास्पद रहेको भन्दै उनले सोधे, 'मैले बुझेको माधव नेपाल कुनै नचाहिंदो चिज सेवन गर्नुहुन्न । मद्यपान, धुम्रपानबाट अलिकति टाढा रहेको भन्ने नै बुझ्छु माधव नेपाललाई । तर आजको उहाँको बोली हेर्दा अलि शंकास्पद छ क्या । होशमा हुनुहुन्छ कि हुनुहुन्न ?
'मैले बुझेको माधव नेपाल कुनै नचाहिंदो चिज सेवन गर्नुहुन्न । मद्यपान, धुम्रपानबाट अलिकति टाढा रहेको भन्ने नै बुझ्छु माधव नेपाललाई । तर आजको उहाँको बोली हेर्दा अलि शंकास्पद छ क्या । होशमा हुनुहुन्छ कि हुनुहुन्न ?"
एमाले सरकारमा नरहेकाले संसद विघटन गर्न नसक्ने योगेशको तर्क थियो । तर,माधव नेपालको भनाईको सार भने एमाले सरकारमा आए प्रतिनिधिसभा भंग हुनसक्ने भन्ने बुझिन्थ्यो । माधव नेपाललाई योगेशले सोधेको प्रश्नको जवाफमा सुदेशले फेसबुकबाट उल्टै प्रतिप्रश्न गरे । 'योगेश भट्टराईज्यू केपी ओलीले पटक-पटक संसद विघटन गर्दा के होस गुमाएर नै माधव नेपालको पछि-पछि सडकमा आउनु भएको थियो र ? के तपाईं त्यो समय सडक आन्दोलनमा आउँदा बेहोसीमा हुनुहुन्थ्यो र ?'
उनले माधव नेपालले नभई योगेशले नै होस् गुमाएको पनि आरोप लगाए । 'आजभोलि दिउँसो नै होस गुमाउन थाल्नु भएछ बोल्दा खेरी', फेसबुकमा सुदेशले लेखेका छन्, 'होस माधव नेपालको होइन तपाईंको गुमेको हो ।'
टिप्पणीहरू