उपराष्ट्रपति पशुपतिपछि नाचघर जाने, गृहमन्त्री रेशम बसेको ठाउँमा
उपराष्ट्रपति रामसहायप्रसाद यादव राष्ट्रिय नाचघर जमल जान लाग्नुभएको छ । उहाँ बिहान साढे ११ बजे पशुपति मन्दिर जाने कार्यक्रम तय भएको बताइएको छ । त्यसपछि अपरान्ह साढे ४ बजे योग विज्ञान कार्यक्रममा सहभागी हुन राष्ट्रिय नाचघर जमल जानुहुने छ ।
आजै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सदरखोर डिल्लीबजार जानुहुने भएको छ । कारागार निरीक्षण गर्न मन्त्री बिहान ११ बजे डिल्लीबजार जाने मन्त्रालय स्रोतले बताएको छ ।
टिप्पणीहरू