सवा करोड नतिरी भाग्दै हिँडेका तामाङ संसद भवन नजिकै फेला

सवा करोड नतिरी भाग्दै हिँडेका तामाङ संसद भवन नजिकै फेला

प्रहरीले बैकिङ्ग कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्रेको छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका २ घर भई हाल काठमाडौँको महांकाल बस्ने ३९ वर्षीय विकास तामाङ प्रहरी नियन्त्रणमा पुगेका छन् ।

उनी बैकिङ कसुर मुद्दामा फरार भएका थिए । एक करोड २५ लाख रुपैयाँ बिगो तोकिएपछि फरार भएका तामाङविरुद्ध फागुन २६ गते उच्च अदालत पाटन, ललितपुरबाट पक्राउ पुर्जी जारी गरिएको हो । 

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले हिजो उनलाई नयाँ बानेश्वरबाट नियन्त्रणमा लिएको बताइएको छ । थप आवश्यक अनुसन्धान तथा कारबाहीको निम्ति जिल्ला प्रहरी परिसर, टेकू पठाइएको छ ।

टिप्पणीहरू