कार्ड घुसारे पनि पैसा ननिस्केको भन्दै एटिएम मेसिन फुटाइयो

कार्ड घुसारे पनि पैसा ननिस्केको भन्दै एटिएम मेसिन फुटाइयो

माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोड गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सप्तरीको अग्निसाईर कृष्णसवरण गाउँपालिका वडा नम्बर ६ महुली बजारमा रहेको बैंकको एटिएम मेसिन फुटाउनेलाई प्रहरीले पक्रेको बताइएको छ ।

पक्राउ परेकामा सोही गाउँपालिका २ बस्ने सुवासकुमार चौधरी र निराजन चौधरी हुन् । हिजो दिउँसो एटिएम बुथको ढोका फुटाइ रहेको अवस्थामा बैंकका सुरक्षाकर्मीले तत्काल प्रहरीलाई खबर गरेका थिए । 

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । पैसा ननिस्किएको झोंकमा एटिएम फुटाएको उनीहरुले बताएका छन् । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू