अमेरिकी डलर साट्ने बहानामा राजधानीमा ४६ लाख लुटियो

अमेरिकी डलर साट्ने बहानामा राजधानीमा ४६ लाख लुटियो

काठमाण्डौ उपत्यकाका विभिन्न तीन स्थानमा अमेरिकी डलर साट्ने बहानामा लुटपाट गर्नेहरु पक्राउ परेका छन् ।

उनीहरुले सर्वसाधारणलाई फोन गरेर सस्तोमा अमेरिकी डलर साटिदिने प्रलोभनमा ४६ लाख रुपैयाँ ठगेका हुन् । सिन्धुपाल्चोक बाह्रबिसे ३, धार्पाका २९ वर्षे सुकलाल पाइन, २५ वर्षे ईनकुमार पाख्रिन र २२ वर्षे सूर्यबहादुर पाईनलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु सबै ललितपुरको टिकाथलीमा बस्दै आएका हुन् ।

उनीहरुले ललितपुर हरिसिद्धिबाट १८ लाख, चोभारबाट १८ लाख र ललितपुर इमाडोलबाट १० लाख ठगेको देखिन आएको हो । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनबाट खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ ।

तीनै जनालाई चैत ३० गते ललितपुरको ढुङ्गेली बसपार्क नजिकैबाट पक्रेपछि हाल थप अनुसन्धान तथा कारबाहीको निम्ति प्रहरी वृत्त सातदोबाटो पठाइएको छ । तीमध्ये सुकलाल पाईनविरुद्ध प्रहरी वृत्त बौद्धले २०७६ भदौ १० गते डाँकाचोरी कसुरमा मुद्दा चलाएको तथ्य पनि  खुलेको छ ।

टिप्पणीहरू