वैदेशिक रोजगारीकाे प्रलोभन र ठगीमा महिलाको समेत संलग्नता

वैदेशिक रोजगारीकाे प्रलोभन र ठगीमा महिलाको समेत संलग्नता

वैदेशिक रोजगारीमा मलेसिया पठाइदिने नाममा ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका १०, बानेश्वर, थापागाउँकी ५१ वर्षीया विमला थापा पक्राउ परेकी छन् । 

वैदेशिक रोजगारीको क्रममा मलेसियाको प्रतिष्ठित कम्पनीमा काम लगाइदिने प्रलोभनमा उनले पीडितबाट रकम असुलेको खुल्न आएको हो । यसरी रकम उठाएपछि उनी सम्पर्कविहीन भएको उल्लेख गर्दै पीडितहरुले वैदेशिक रोजगार विभाग गुहारेका थिए । 

विभागको अनुरोधमा नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले विमलालाई थापागाउँबाट आज नियन्त्रणमा लिएको जनाइएको छ । पक्राउ परेकी उनलाई थप अनुसन्धान तथा कारबाहीको निम्ति विभाग पठाइएको छ ।

टिप्पणीहरू