फास्ट ट्रयाकको काम हेर्न प्रधानमन्त्री फिल्डमै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं–तराई/मधेस द्रुत मार्ग फास्टट्रयाक)को निरीक्षण अवलोकन गर्नुभएको छ । 

नेपाली सेनाले निर्माणको जिम्मा लिएको फास्ट ट्रयाकको फिल्डमै पुगेर कार्य प्रगति बुझ्न प्रधानमन्त्री आज बिहान अवलोकनमा निस्कनु भएको हो । त्यसक्रममा उहाँले फास्ट ट्रयाक निर्माण भइरहेका विभिन्न खण्डहरुमा पुगेर प्रत्यक्ष निरीक्षण गर्नुभएको उहाँको सचिवालयले बताएको छ । 

प्रधानमन्त्रीको साथमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वाला, अर्थ मन्त्री डा. प्रकाशशरण महत, मुख्य सचिव शंकरदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मा र सरकारका सचिवहरु पनि रहनुभएको छ ।

टिप्पणीहरू