सैनिक अधिकृतहरुलाई आज र भोलि आचार संहिता पढाइने
नेपाली सेनामा कार्यरत सकलदर्जालाई आज र भोलि आचार संहिताबारे जानकारी गराउन लागिएको छ । पदमा बहाल रहँदा वा अवकाशपछि पनि सैनिक अधिकृतहरुले गर्न हुने र नहुनेबारे जानकारी गराउने उद्देश्यले दुई दिनको कार्यक्रम शुभारम्भ गरिएको बताइएको छ ।
सैनिक आचारणका बारेमा सु–सूचित गरी अनुशासित, नैतिकवान र जिम्मेवारीपूर्ण सिपाहीको पहिचान कायम राख्न सैनिक आचार संहिता संग्रह–२०७६ मा उल्लेखित विषयबारे प्रशिक्षित गर्ने उद्देश्यले दुई दिवसीय सैनिक आचारसंहिता कार्यक्रम–२०८० को थालनी गरिएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै बलाध्यक्ष रथी सिताराम खड्काले सैनिक आचार संहिता कार्यक्रम–२०८० बाट नेपाली सेनाको सबै तहका कमाण्डरलगायत तल्लो तहसम्म आचार संहिताबारे ज्ञान अभिवृद्धि गराउन कार्यक्रम आयोजना गरिएको बताएका छन् । स्वःअनुशासनमा रहेर सैनिक ऐन र नियमको परिधिभित्र रही कार्यसम्पादन गर्न अपरिहार्य रहेको उनको भनाइ छ ।
प्रधान सेनापति प्रभुराम शर्माले भोलि कार्यक्रमको समापन गर्ने बताइएको छ ।
टिप्पणीहरू