आज अर्का ठग पक्राउ, ३५ लाखबढी ठगेको आरोप

आज अर्का ठग पक्राउ, ३५ लाखबढी ठगेको आरोप

वैदेशिक रोजगारीमा मलेसिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा पारेर सर्वसाधारणलाई ठग्दै आएका हिरालाल महतो नुनियालाई प्रहरीले पक्रेको जनाएको छ ।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई कीर्तिपुर नगरपालिका–१० चोभारबाट नियन्त्रणमा लिएको हो । पर्सा घर भई हाल कीर्तिपुर बस्दै आएका ३६ वर्षीय हिरालालले वैदेशिक रोजगारीमा मलेसिया पठाइदिने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने प्रलोभनमा पीडितहरुबाट पटक पटक गरी साढे ३५ लाख उठाएपछि सम्पर्कविहीन भएको खुल्न आएको छ । 

आफूहरु ठगिएको थाहा पाएपछि पीडितहरुले वैदेशिक रोजगार विभाग गुहारेका हुन् । त्यसपछि प्रहरीको खोजतलासमा उनी फेला परेको बताइन्छ । उनलाई थप अनुसन्धान तथा कारबाहीको निम्ति विभागमा पठाइएको छ ।

टिप्पणीहरू