शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गर्नेविरुद्ध प्रहरीमा थप उजुरी

शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गर्नेविरुद्ध प्रहरीमा थप उजुरी

भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गर्नेविरुद्ध प्रहरीमा थप जाहेरी पर्न थालेको छ । आज १० जना पीडितले नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी दिएका हुन् । 

विभिन्न प्रलोभन देखाएर र विश्वासमा पारेर ठगी गर्ने सन्देश शर्मा, सानु भण्डारी र केशव दुलाललगायतका विरुद्ध जाहेरी प्राप्त भएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए । 

संयुक्त मिलोमतोमा उनीहरुले २०७७ सालदेखि ठगीधन्दा चलाउँदै आएको पाइएको उनले जानकारी दिए । कास्की, दाङ, रुकुम, मोरङ्गलगायत विभिन्न जिल्लाका पीडितहरुले आज छुट्टाछुट्टै उजुरी दर्ता गराएको उनको भनाइ छ । 

गिरोहले उनीहरुबाट करिब पाँच करोड १९ लाख ९७ हजार रुपैयाँभन्दा बढी ठगी गरेको खुल्न आएको छ । कार्यालयले सक्कल जाहेरी दस्तखतलगायतका कागजातहरु आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु पठाएको छ । यता, ठगी गर्ने गिरोह भने प्रहरी हिरासतमा छ ।

टिप्पणीहरू