बाटिका होटलमा हिन्दुत्वको चिन्तन गरिँदै
नेपालगञ्जस्थित होटल बाटिकामा हिन्दुत्वको वैश्विक चिन्तन कार्यक्रम हुँदैछ । विश्व हिन्दू परिषद् नेपालले आज अपरान्ह ४ बजेदेखि त्यसबारे अन्तरक्रिया कार्यक्रम गर्न लागेको बताइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा परिषद्को अन्तर्राष्ट्रिय महामन्त्री मिलिन्द पराण्डे हिजो राति काठमाडौंबाट नेपालगञ्ज पुगेका छन् ।
उनी बुद्ध एअरको उडानमा राति सवा ९ बजे नेपालगञ्ज गएर होटल बाटिका बसेका हुन् ।
टिप्पणीहरू