प्रधानमन्त्रीसहित तीन जना पूर्वप्रधानमन्त्रीहरु चितवन जाने

प्रधानमन्त्रीसहित तीन जना पूर्वप्रधानमन्त्रीहरु चितवन जाने

सत्तारुढ दलका शीर्ष नेताहरुले आज चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने हुनुभएको छ । उहाँहरुले हिजो तनहुँ १ मा सम्बोधन गर्नुभएको थियो । आज दिउँसो बारा २ मा सम्बोधन गरेपछि चितवन जाने तयारी गरिएको छ । 

प्रधानमन्त्रीसहित तीन पूर्वप्रधानमन्त्री बारा र चितवनको आमसभामा सहभागी हुने कार्यक्रम छ । उहाँहरुले कालिका नगरपालिकामा हुने चुनावीसभालाई सम्बोधन गर्नुहुने छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सम्बोधन गर्ने बताइएको छ । 

काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेता शेखर कोइराला पनि आमसभामा सहभागी हुँदैछन् । आगामी १० गते हुने चितवन २ को उपनिर्वाचनमा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार छन् ।
 

टिप्पणीहरू