आज मध्यरातदेखि नेपाल–भारत सीमानाका बन्द
बाराको निर्वाचन क्षेत्र नम्बर २ मा पर्सि हुने उपनिर्वाचनको निम्ति भारतसँगको सीमाना रहेका नाका बन्द गर्न लागिएको छ । सीमान सोमबारसम्म बन्द हुने जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार आज मध्यरात १२ बजेदेखि आइतबार मध्यरातसम्म जिल्लामा रहेका भारतीय सीमानाका बन्द हुनेछ । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार निर्वाचन अवधिभर जिल्लामा मादक पदार्थ ओसारपसार, बिक्री–वितरण र सेवनमा रोक लगाइएको छ ।
त्यसैगरी क्षेत्र नम्बर २ भित्रको हुलाकी राजमार्गलगायत सम्पूर्ण सडकमा भोलि मध्यरातदेखि आइतबार साँझ ७ बजेसम्म अत्यावश्यकबाहेक सम्पूर्ण आवागमन बन्द गर्ने निर्णय गरिएको जानकारी दिइएको छ ।
टिप्पणीहरू