भरतपुरलाई उत्कृष्ट स्थानीय सरकारको अवार्ड
चितवनको भरतपुर महानगरपालिका उत्कृष्ट स्थानीय सरकार अवार्डबाट सम्मानित भएको छ । विश्व खबर मिडिया प्रालिको छैटौं वार्षिक उत्सवको अवसरमा महानगरपालिकालाई उक्त अवार्डद्वारा सम्मानित गरिएको हो ।
विश्व खबर मिडिया प्रालिले विकास, समृद्धि र सुशासनलाई आधार मानेर हरेक वर्ष देशभरबाट यौटा उत्कृष्ट स्थानीय सरकारलाई सम्मानित गर्ने गरेको छ । त्यसमा कार्य सम्पादन मूल्याङ्कनलाई पनि आधार बनाइन्छ । यस वर्ष भरतपुर देशकै पहिलो स्थानीय तहमा बनेको र त्यसैका आधारमा अवार्ड दिइएको विश्व खबरका अध्यक्ष संजिवकुमार दाहालले बताए ।
अघिल्लो वर्ष उत्कृष्ट जनप्रतिनिधिको रुपमा दोलखाको शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलाल र रसुवाको कालिका गाउँपालिकाका अध्यक्ष सिताकुमारी अधिकारी (पौडेल) सम्मानित भएका थिए ।
टिप्पणीहरू