संसदमा ढाकाको पद गएको सूचना वाचनसँगै चितवनमा रवि निर्वाचितको घोषणा

संसदमा ढाकाको पद गएको सूचना वाचनसँगै चितवनमा रवि निर्वाचितको घोषणा

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ । घुस मागेको अडियो सार्वजनिक भएपछि पार्टीको सिफारिसबमोजिम सभामुख देवराज घिमिरले सांसद श्रेष्ठको पद रिक्त हुने निर्णय गर्नुभएको छ । 

रास्वापाले चैत २९ गते श्रेष्ठलाई साधारण सदस्यबाट समेत हटाउने निर्णय गरेको जानकारी गराउँदै सांसद पद रिक्त गराउन संसद सचिवालयमा दर्ता गरेको निवेदनमाथि सभामुखले आज निर्णय गर्नुभएको हो ।श्रेष्ठले मेडिकल माफिया दुर्गा प्रसाईं ‘मार्सी’ सँग २ करोड रुपैयाँ घूस मागेको टेलिफोन वार्ता सार्वजनिक भएपछि उनीमाथि रविको पार्टीले कारबाही गरेको हो ।

यता, रवि लामिछाने चितवन २ बाट पुनः सांसद निर्वाचित भएका छन् । उनले ५४ हजार १७६ मत पाएका छन् भने नेपाली काँग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत पाएको बताइएको छ । एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाएर तेस्रो बनेका छन् ।
 

टिप्पणीहरू