राष्ट्रिय सभाका अध्यक्षले पत्रकार सम्मेलन गर्ने

राष्ट्रिय सभाका अध्यक्षले पत्रकार सम्मेलन गर्ने

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज अपरान्ह पत्रकार सम्मेलन गर्न लाग्नुभएको छ । अध्यक्ष तिमिल्सिनाको पत्रकार सम्मेलन अपरान्ह पौने ५ बजे राखिएको छ ।

रुस भ्रमणबाट फर्कंदै गर्नुभएका अध्यक्षले स्वदेश आइपुगेपछि पत्रकार सम्मेलन गर्न लाग्नुभएको बताइएको छ । उहाँ रुसी महासंघको संघीय सभाको माथिल्लो सदनका अध्यक्ष भ्यालेन्टिना मात्भिएन्कोको निमन्त्रणामा मस्कोलगायत शहरको साताव्यापी भ्रमण गरेर आज स्वदेश फर्कंदै हुनुहुन्छ । 

आठ सदस्यीय प्रतिनिधिमण्डलका साथ रुस जानुभएका अध्यक्ष अपरान्ह पौने ५ बजे काठमाडौं आइपुगेपछि विमानस्थलको विशिष्ट कक्षमा पत्रकार सम्मेलन गर्न लागिएको हो ।

टिप्पणीहरू